२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिलाई आधुनिकीकरण गर्न पहल गर्नेछु : प्रदीप यादव

अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री एवं जसपाबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले कृषकको सहजताका लागि विचौलिया हटाउन आफूले पहल गर्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ को मनियारी र वडा नम्बर २३ को सबैठवा, प्रसौनी र इटीयाइमा घरदैलो कार्यक्रमका क्रममा मतदातासँग कुराकानीमा यादवले पर्साका कृषकको सहजताका निमित्त विचौलिया हटाउँदै कृषि उत्पादन सोझै उपभोक्ताको घरसम्म पुर्याउने योजना ल्याउन आफूले पहल गर्ने बताएका हुन् ।

‘पर्साका कृषक अहिले विचौलियाका कारण हैरान हुनुहुन्छ । उहाँहरुको उत्पादनलाई विचौलियाहरुले कम दरमा खरिद गरेर बजारमा महँगो मूल्यमा बेच्ने गरेका छन् । जसले कृषक र उपभोक्ता दुवैलाई घाटा छ,’ जसपा राजनीति समितिका सदस्यसमेत रहेका यादवले भने, ‘तर अब त्यस्तो हुँदैन उहाँहरुको उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने किसानको उत्पादन, उपभोक्ताको भान्सा कार्यक्रम चलाउने मेरो योजना छ ।’

यादवले कृषिलाई आधुनिकीकरण गर्न र तालिम प्राप्त जनशक्ति बोलाएर जिल्लाका कृषकहरूको क्षमता अभिवृद्धि गर्ने योजना ल्याउन पनि आफूले पहल गर्ने बताए । छिमेकी मुलुक भारत र चिनले कृषिमा आधुनिकरण गरेर आफ्ना नागरिकको जीवन स्तर उकास्ने काम गरिरहेको बेला नेपालका कृषक भने पारम्परिक माध्यमबाट नै काम गर्न बाध्य भएको औंल्याउँदै यादवले भने, ‘कृषिलाई आधुनिकरण गरेर यहाँ हुने कृषि उपजमा पनि वृद्धि गर्ने म योजनाहरु ल्याउन सरकारसँग पहल गर्छु ।’