मंसिर १ गतेदेखि नेपाल भारत सीमा बन्द हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मंसिर १ गतेदेखि नेपाल भारत सीमा बन्द हुने


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । मंसिर १ गतेदेखि नेपाल-भारत सीमा बन्द हुने भएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल-सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको हो।  

मोरङका  प्रमुख जिल्ला अधिकारी कासिराज दाहालका अनुसार मंसिर १ गते बिहानदेखि मंसिर ४ गते राती ११ बजेसम्म नेपाल-भारत सीमा बन्द गर्ने निर्णय गरिएको छ।  

दाहालले  जिल्ला निर्वाचन विशेष सुरक्षा योजना तथा अररिया जिल्लाका डिष्ट्रिक्ट म्याजेष्ट्रिटसँगको सीमा सुरक्षा बैठकको निर्णय अनुसार भारतसँग जोडिएको सिमानाका बन्द गर्न लागिएको बताए।  

Tags :
प्रतिक्रिया दिनुहोस