जनताले मलाई ‘नम्बर वान’ बनेको हेर्न चाहेका छन् : नेता सिंह « प्रशासन
Logo ९ श्रावण २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जनताले मलाई ‘नम्बर वान’ बनेको हेर्न चाहेका छन् : नेता सिंह


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको बताएका छन् ।

सोमबार बिहान काठमाडौँ महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका हुन् । ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्,’ सिंहले भने । जनताको चाहना पूरा गर्न आफूले प्रयास गरिरहेको उनले बताए ।

प्रकाशमान काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । अघिल्ला लगातार तीन वटा यहींबाट जितिसकेका उनी चौथो जितको खोजीमा छन् । आफूले क्षेत्र नं. १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताएका छन् ।

अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायीत्व रहने भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए । विगतमा राजनीतिक अस्थीरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै उनले अब आफ्नो सम्पूर्ण ध्यान स्थायीत्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस