गाडी तोडफोड गर्नेलाई प्रहरीले संरक्षण गर्‍यो : रवि लामिछाने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गाडी तोडफोड गर्नेलाई प्रहरीले संरक्षण गर्‍यो : रवि लामिछाने


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेले आफ्नो गाडीमाथि तोडफोड गर्नेको प्रहरीले संरक्षण गरेको बताएका छन् । आइतबार दिउँसो चुनावी प्रचारका क्रममा चितवनमा लामिछानेको गाडीमाथि तोडफोड गरिएको थियो ।

उक्त घटनाबारे प्रतिक्रिया दिँदै लामिछानेले प्रहरी अगाडि घटना भएको र प्रहरीले नै उनीहरूलाई संरक्षण गरेको बताएका हुन् । उनले भनेका छन्,’म पनि आक्रोशित थिएँ, त्यो स्वाभाविक थियो । घटना हुँदा प्रहरीकै अगाडि भयो । तिनीहरूलाई सम्झाउन लिएर उनीहरूलाई संरक्षण दियो । त्यही गाडीमा लिएर गयो । हामीलाई धेरैभरबाट माया छ, हामीलाई त्यसैमा माया छ । कसैले गुण्डागर्दी गर्‍यो भनेर त्यसै गर्नु हाम्रो राजनीतिक चरित्र होइन । म सुरक्षित र एक जना साथीलाई सामान्य चोट लागेको छ । बाँकी प्रहरीले दोषीलाई कारबाही गरोस् भन्ने मेरो माग छ ।’

मतदाताको मत र मन नजितेर कोही पनि निर्वाचित नहुने भन्दै उनले धैर्य उत्तेजित नहुन अनुरोध गरेका छन् । ‘आज निन्दनीय कार्य भयो, हामीमाथि आक्रमण भयो । हामीलाई माया गर्ने समर्थक र उम्मेदवारहरू, समर्थक सबैबाट प्रतिक्रिया आइसकेको छ । उहाँहरू आक्रोशित हुनुभएको छ कृपया मेरो बिन्ती छ, कृपया यो आक्रोशलाई सम्हाल्नु होला । कुनै पनि किसिमको प्रतिक्रिया नदिनु होला । केही पनि फरक पर्दैन,’उनले भने, ‘आम मतदाता जसको पक्षमा हुन्छन् नतिजा पनि त्यसैको पक्षमा हुन्छ । आम मतदाताको मत र मन नजिती कोही पनि निर्वाचित हुँदैन । सबैलाई धैर्य गर्न र कसैलाई पनि उत्तेजित नहुन अनुरोध गर्दछु ।’  

सम्बन्धित समाचार : गाडीमा तोडफोड गरेपछि निर्वाचन आयोगले दियो यस्तो निर्देशन !

सम्बन्धित समाचार : रवि लामिछानेको गाडी तोडफोड

Tags :
प्रतिक्रिया दिनुहोस