काठमाडौँ-१ का जनताको हरेक समस्या समाधान गर्न मैले जित्नैपर्छ : पौडेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ-१ का जनताको हरेक समस्या समाधान गर्न मैले जित्नैपर्छ : पौडेल


२६ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौँ–१ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् ।

शनिबार काठमाडौँ– १ मा चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लीन रहने प्रतिबद्धता जनाए ।

उनले अहिलेका जनप्रतिनिधिहरू ५ वर्षसम्म के गर्दै छन्, कसका निम्ति हिँड्दै छन् भन्ने कुराको महसुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए ।

‘१५ वर्षदेखि यहाँका मतदाताहरूको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरूको समाधान गर्ने पक्षमा हामी छौँ’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस