अमेरिकाबाट पठाएको १० किलो गाँजा काठमाडौँमा बरामद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकाबाट पठाएको १० किलो गाँजा काठमाडौँमा बरामद


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । अमेरिकाबाट पार्सलमा लुकाएर पठाएको १० किलो ३ सय ग्राम गाँजा प्रहरीले काठमाडौँबाट बरामद गरेको छ । 

बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाएर पठाएको गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिए ।

गाँजा रिसिभ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान घर भएका ३४ वर्षीय वीर बहादुर बुढाथोकी र भारतीय नागरिक २५ वर्षीय राजा कुमार छन् । सो गाँजा नक्सालस्थित सांग्रिला टुर्स प्रालिको कार्यालयबाट बरामद गरिएको ब्युरोका एसएसपी विकाश राज खनालले जानकारी दिए ।

विमानस्थलबाट सो गाँजा भारतीय नागरिकले भारत लैजान लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस