टी-२० विश्वकप : भारतले इंग्ल्यान्डलाई दियो १६९ रनको लक्ष्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टी-२० विश्वकप : भारतले इंग्ल्यान्डलाई दियो १६९ रनको लक्ष्य


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । अष्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ ।

एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषभ पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १-१ विकेट लिए । 

आज भारत र इंग्ल्यान्ड जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । 

इंग्ल्यान्ड अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

यस खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ ।

विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस