आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पसमा निर्वाचन आचारसंहिता लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया गरिएको पाइएको  भन्दै त्यसलाई तत्काल बदर गर्न निर्देशन दिएको छ ।​

आयोगले विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय र उक्त क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न निर्देशन दिएको हो । 

आयोगले उक्त क्याम्पस प्रमुखलाई सो विषयमा स्पष्टीकरण पनि सोधेको छ । क्याम्पस प्रमुखलाई २४ घण्टाभित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेस निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस