जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : शिक्षामन्त्री पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : शिक्षामन्त्री पौडेल


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् ।

बुधबार बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो । यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अघि बढेको बताए । 

लामो समयको बलिदानबाट प्राप्त उपलब्धिलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेटाउन खोजेको बताउँदै पाँच दलीय गठबन्धन बनेको बताए । 

उनले सरकार बनाउनका लागि मात्रै नभई संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि ५ दलीय गठबन्धन भएको स्पष्ट गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस