‘फ्लोर क्रस’ गरेर समाजवादीमा आएका प्रकाश ज्वालाको सल्यानमा अग्नी परीक्षा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘फ्लोर क्रस’ गरेर समाजवादीमा आएका प्रकाश ज्वालाको सल्यानमा अग्नी परीक्षा


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । एमालेबाट कर्णाली प्रदेशसभा सांसद हुँदा मुख्यमन्त्रीका लागि फ्लोर क्रस’ गरेपछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । एमालेबाट जितेर तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाएका उनी ‘अग्नि परीक्षा’मा छन् ।

एक निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट प्रकाश ज्वालासहित एमालेका राजेन्द्र वीर राय, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेत्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटा, नेकपा (माले)का भीमबहादुर वली, स्वतन्त्रबाट जुद्धबहादुर सिंह, डिल्लीबहादुर बुढाथोकी र राजेन्द्रबहादुर शाह चुनावी मैदानमा छन् ।

उम्मेदवारको संख्या धेरै भएपनि कडा प्रतिस्पर्धा भने गठबन्धनका उम्मेदवार प्रकाश ज्वाला, एमालेका राय र मालेका उम्मेदवार वलीबीच हुने देखिन्छ ।

एमालेमा रहँदा सल्यानबाट केन्द्रीय नेताहरूसँग सिधा सम्पर्कको ‘हाइट’बनाएका प्रकाश यतिबेला साख जोगाउने दौडमा छन् । गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक टेकबहादुर बस्नेत सल्यानको स्थिरता र समृद्धिका लागि प्रकाश ज्वाला जित आवश्यक रहेको बताउँछन् । सल्यानबाट प्रकाशको विकल्प नभएको बस्नेतको दाबी छ । 

प्रकाशलाई एमाले र मालेका उमेदवारले टक्कर दिने देखिएको छ । तर, माओवादीका मुख्यमन्त्रीको पद जोगाउन एमाले छाडेका प्रकाशका लागि आगामी चुनाव ‘अग्निपरीक्षा’ हो । अर्कोतिर माओवादीलाई महत्त्वपूर्णकालमा सहयोग गरेकाले उनलाई जिताउनुपर्ने दबाबमा गठबन्धनका दल छन् ।

सल्यानबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा २० जनाको उम्मेदवारी परेको छ । 

प्रदेश (क) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा, एमालेका कुलबहादुर गिरी, राप्रपाका शिवबहादुर वली, स्वतन्त्रबाट रमेश बुढाथोकी र एकराज डाँगीको उम्मेदवारी छ ।

प्रदेशसभा सदस्य ९ख० मा नेपाली काँग्रेसका सुरेश अधिकारी, एमालेका गुलाबजङ्ग शाह, राप्रपाका नारायणकुमार शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका डण्डवीर पुन, जनता समाजवादी पार्टीका अशोक रेउले र स्वतन्त्रबाट निर्मल सिंहले उम्मेदवारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस