धनगढीबाट पुनः श्रम स्वीकृतिको काम रोकियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धनगढीबाट पुनः श्रम स्वीकृतिको काम रोकियो


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । श्रम तथा रोजगार कार्यालय धनगढीमा पुनः श्रम स्वीकृतिको काम स्थगित भएको छ । उक्त कार्यालयमा अरबियन भाषा अनुवादक नभएकोले अरबियान देशहरूको पुनः श्रम स्वीकृतिको काम अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो । 

निमित्त कार्यालय प्रमुख जनकसिंह उखेडाले भाषा अनुवादको प्रबन्ध भएपछि पुनः सुचारु गरिने बताए । अरेबियन देशबाहेक अन्य देशको काम भने चलिरहेको उनको भनाई छ । कार्यालयमा गत फागुन/चैतदेखि नै अरेबियन भाषा अनुवादक अभाव थियो । कार्यालयमा रहेका भाषा अनुवादकले छोडेर गएपछि अर्को मान्छे नपाइएको उखेडाले बताए ।  

अहिले देशभरका श्रम कार्यालय अनलाइन सिस्टममा गइसकेका छन् । जसले गर्दा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम अनलाइन मार्फत नै गराउन सकिन्छ ।

भाषा अनुवादक नहुँदा साउदी, कतार, बहराइन कुवेत लगायतका देशमा प्रमुख श्रम गन्तव्य मुलुकमा पुनः श्रम स्वीकृतिको काम रोकिएको हो । कार्यालयबाट भाषा अनुवादकबारे पहिला नै सूचना जारी गरे पनि कार्यालयमा सेवाग्राहीहरू आउने गरेका छन् । अहिले तिहारपछि पुनः श्रम स्वीकृति लिनेको घुइँचो लागेपछि सबै कार्यालयमा चाप बढेको छ । सबैतिर चाप बढेपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मार्फत कार्यालयले पुनः सूचना जारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस