एमाले नेतृत्वको गठबन्धनले देशलाई द्वन्द्वतर्फ धकेल्छ : बाबुराम भट्टराई  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले नेतृत्वको गठबन्धनले देशलाई द्वन्द्वतर्फ धकेल्छ : बाबुराम भट्टराई 


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले) नेतृत्वको गठबन्धन देशलाई द्वन्द्वतर्फ धकेल्ने गठबन्धन भएको आरोप लगाएका छन् । 

मंगलबार जेष्ठ नागरिक समाज, काठमाडौं शाखा र धर्महिरा प्रतिष्ठानले आयोजना गरेको संविधानको प्रवर्द्धनमा निर्वाचनको भूमिका विषयक कार्यक्रममा भट्टराईले केपी शर्मा ओलीले नेतृत्व गरेको गठबन्धन संविधानलाई भत्काउने, नेपालमा जातीय एकता खल्बलाउने, नेपालको जटिल भूराजनीति भत्काएर देशलाई द्वन्द्वतर्फ धकेल्ने गठबन्धन भएको आरोप लगाए । 

उनले एमालेको गठबन्धन पश्चगामी र आफूहरूको गठबन्धन अग्रगामी गठबन्धन भएको तर्क गरे । अहिलेको निर्वाचन सामान्य निर्वाचन मात्रै नभएको भन्दै उनले यो एक प्रकारको संविधान भत्काउने वा जोगाउने भन्ने जनमत सङ्ग्रह भएको बताए ।

भट्टराईले राजावादी कम्युनिस्ट अगाडि आएको बेला यसअघि पनि लोकतन्त्र खतरामा परेको तर्क गरे । 

भट्टराईले अहिले लोकतन्त्रवादी र अग्रगामी शक्तिहरू रोज्ने कि निरंकुशवादीहरुलाई रोज्ने भन्न अहिलेको मुख्य विषय भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस