ओलीसँग नमिल्ने भन्दै आगामी सरकारको नेतृत्वबारे प्रचण्डको गरे यस्तो खुलासा ! « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ओलीसँग नमिल्ने भन्दै आगामी सरकारको नेतृत्वबारे प्रचण्डको गरे यस्तो खुलासा !


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ । 

सबै उमेदवारहरु आ आफ्नो निर्वाचनमा केन्द्रित रहेका छन् । देशभर चुनावी अभियान जारी छ । शीर्ष नेताहरू पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनि अहिले देश दौडाहामा छन् ।

गोरखा निर्वाचन अभियानमा रहेका दाहालले देशभर गठबन्धनको पक्षमा माहोल देखिएको र आगामी सरकार पनि गठबन्धनकै बन्ने स्पष्ट पारे ।

सरकारको नेतृत्व कसले गर्ने भन्नेमा भने टुङ्गो नलगाएका उनको भनाई छ । 

उनले आफूले सार्वजनिकरुपमा गरेका कुनै प्रतिविद्धताबाट बाहिर नगएको दाबी गर्दै आगामी निर्वाचनपछि पनि एमालेसँग मिलेर सरकार बनाउने विषयमा सोच्दा पनि नसोचेको र त्यस्तो नहुने बताए । 

चुनावपछि गठबन्धनभित्रबाट आलोपालो सरकार बन्ने उनले बताए। पहिला कसले गर्ने भन्नेमा पार्टीहरूका बीचमा सल्लाह हुनै बाँकी रहेको पनि उनले बताए । विशेष गरेर काँग्रेस र माओवादीबीच छलफल हुन बाँकी रहेको र छलफलबाट निष्कर्षमा पुग्ने उनको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस