देउवालाई ओलीको जवाफ : बन्दुक लिएर हैन वार्ता गरेर लिम्पियाधुरा फिर्ता ल्याउँछौँ ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देउवालाई ओलीको जवाफ : बन्दुक लिएर हैन वार्ता गरेर लिम्पियाधुरा फिर्ता ल्याउँछौँ !


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काएका छन् । 

सोमबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताए ।

‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनेँ जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सिमानामा जानु भन्नुभएछ,’ उनले भने, ‘प्रचण्डको सङ्गत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्तामार्फत वार्तामार्फत भूमि फिर्ता ल्याउँछौँ ।’

उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस