अधिकृतलाई सुरक्षा माग गर्दै प्रहरीलाई आयोगले पठायो पत्र « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अधिकृतलाई सुरक्षा माग गर्दै प्रहरीलाई आयोगले पठायो पत्र


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा खटिएका प्रमुख कोष नियन्त्रक रूद्रबहादुर कार्कीलाई सुरक्षा दिन निर्वाचन आयोगले प्रहरीलाई आग्रह गर्दै पत्र लेखेको छ।

आयोगले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएर निर्वाचन अनुगमन अधिकृत कार्कीलाई सुरक्षा दिन भनेको हो।

कार्कीलाई पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली काँग्रेसका रमेश रिजालले धम्की दिएको आरोप छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई धम्की दिएकोले आवश्यक सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई आयोगले पत्र पठाएको आयोगले जानकारी दिएको छ।

कार्कीलाई उम्मेदवार रिजालले फोनबाट धम्की दिएको र गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले आवश्यक सुरक्षा प्रबन्ध तत्काल मिलाउन आयोगले भनेको छ।

साथै उम्मेदवार रिजालका आचारसंहिता विपरीतका गतिविधि उपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेस गर्न भनिएको छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन। सोही ऐनको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

आयोगले ती व्यवस्थाका साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा (४) को खण्ड (ढ) मा निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठानमा प्रतिकूल असर पर्ने गरी कुने अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्थाहरूबारे स्मरण गराएको छ।

सो दफाको खण्ड (ण) मा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस