गण्डकी सरकारले गर्‍यो करको दर घटाउने निर्णय खारेज « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गण्डकी सरकारले गर्‍यो करको दर घटाउने निर्णय खारेज


२१ कार्तिक २०७९, सोमबार


पोखरा । गण्डकी प्रदेश सरकारलाई दोस्रो पटक कर घटाउने निर्णयमा स्पष्टीकरण सोधेपछि निर्वाचन आयोगले खारेज गरेको छ।

गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलो पटक स्पष्टीकरण सोधेको थियो ।

बुधबार दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो । तर, मुख्यमन्त्री कार्यालयमा सोमबार मात्र पत्र प्राप्त भएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । उक्त पत्र अनुसार गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गर्ने भएकाे हो ।

मन्त्रिपरिषद्ले आचारसंहिता लागु हुनु पूर्व नै करको दर घटाएको भए पनि राजपत्रमा आचारसंहिता लागु भएपछि प्रकाशन गरेको थियो । निर्वाचन आचारसंहिता लागु हुनु भन्दा अघि नै मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

प्रदेश सरकारले मङ्गलवार करको दर खारेज गरेको स्पष्टीकरण पठाउने भएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस