रुपन्देहीको देवदहमा दम्पती मृत फेला « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

रुपन्देहीको देवदहमा दम्पती मृत फेला


२१ कार्तिक २०७९, सोमबार


बुटवल । रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् ।

देवदह नगरपालिका-५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् ।

घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।

श्रीमान् वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस