गठबन्धनले भारी अन्तरले चुनाव जित्छ : मेटमणि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धनले भारी अन्तरले चुनाव जित्छ : मेटमणि


१९ कार्तिक २०७९, शनिबार


दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।

शुक्रबार देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्। जनताको ठुलो त्याग र बलिदानले निर्माण भएको संविधानको रक्षा गर्नु गठबन्धनको पहिलो सर्त रहेको उनको भनाइ छ।

मन्त्री चौधरीले भने, ‘गठबन्धनले प्रगतिशील एजेन्डा बोकेको छ। जनताले ठुलो त्याग र बलिदान गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो सर्त हो। नयाँ संविधानमार्फत प्राप्त भएको संघीय गणतन्त्र, समावेशी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ। संविधानको रक्षा र यसको कार्यान्वयनमार्फत विकास निर्माणको अगुवाइ गर्ने हाम्रो प्रतिबद्धता छ। जनताको चाहना पनि त्यही छ। त्यसमाथि पाँच दल एक ढिक्का भएका छौँ। उता प्रतिगामी गठबन्धनको अगुवाइ एमालेले गरेको छ। यिनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्तरले चुनाव जित्दै छ।’

जनताले संविधान विरोधी तत्वलाई राम्रोसँग चिनिसकेको बताउँदै मन्त्री चौधरीले गठबन्धनलाई जनताले जिताउँने निश्चित रहेकाले पाँच वटै राजनीतिक दल पनि विकास र सम्बृद्धिका लागि जबाफदेही हुनुपर्ने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस