विश्वकपबाट बाहिरिएपछि अफगानिस्तानका कप्तान नावीले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वकपबाट बाहिरिएपछि अफगानिस्तानका कप्तान नावीले दिए राजीनामा


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपबाट बाहिरिएपछि अफगानिस्तानका कप्तान मोहम्मद नावीले टी-२० टिमको कप्तानबाट राजीनामा दिएका छन् ।

सुपर १२ अन्तर्गत समूह ए को अन्तिम खेलमा अफगानिस्तान अस्ट्रेलियासँग ४ रनले पराजित भएको थियो ।

कप्तानी छाडे पनि उनले अफगानिस्तानका लागि खेल्न नछाड्ने बताएका छन् । हारपछि विज्ञप्ति निकालेर नावीले भनेका छन्, ‘तत्काल लागु हुने गरी मैँले कप्तान छाडेको छु, टिम र व्यवस्थापनलाई मेरो आवश्यकता परेमा मैले राष्ट्रका लागि निरन्तर खेल्ने छु ।

सुपर १२ मा ३ खेल हारेको अफगानिस्तानले २ वटा खेलमा भने वर्षाका कारण अङ्क बाँडेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस