दश महिनामा नेपाल भित्रिए पौने पाँच लाख पर्यटक  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दश महिनामा नेपाल भित्रिए पौने पाँच लाख पर्यटक 


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरू घुम्नको लागि नेपाल आएका हुन् । 

नेपाल पर्यटन बोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए । 

यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औसतमा ४७ हजार ३५३ जना पर्यटक आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस