अख्तियार आयुक्त जयबहादुर चन्दले निर्माण व्यवसायी र कर्मचारीलाई धम्क्याएको युवा सङ्घको दाबी  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अख्तियार आयुक्त जयबहादुर चन्दले निर्माण व्यवसायी र कर्मचारीलाई धम्क्याएको युवा सङ्घको दाबी 


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द चुनावको मुखमा विवादमा तानिएका छन् ।  एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयुक्त चन्द निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै निर्वाचन आयोगलाईसमेत ध्यानाकर्षण गराएको छ । 

सङ्घका महासचिव क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा आफ्नो उद्देश्य पुरा गर्न चन्दले निर्माण व्यवसायी, कर्मचारी तथा अरू व्यवसायीलाई धम्क्याएको दाबी गरेका छन् । 

युवा सङ्घले चन्द महेन्द्रनगरस्थित एउटा होटेलमा अड्डा जमाएर बसेको भन्दै त्यहीँबाट धम्कीजन्य काम गरेको आरोप लगाएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जस्तो गरिमामय पदमा बसेर पदीय आचारसंहिताको उल्लङ्घन गर्ने छुट जो कोहीलाई छैन । हामी चेतावनी दिन चाहन्छौँ कि चन्दबाट भइरहेको काम तत्काल बन्द होस् । निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि कार्य हामीलाई सैह्य हुनै सक्दैन र यस विषयमा हामी निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौँ । अन्यथा परी आउने परिस्थितिको मूल्य स्वयम् निर्वाचन बिथोल्न खोज्ने व्यक्तिले चुकाउनुपर्नेछ’, चेतावनी दिँदै युवा सङ्घले भनेको छ । 

चन्द प्रधानमन्त्री शेरबहादुर देउवाको कोटामा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अख्तियारको आयुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस