आइसिएफसी फाइनान्सद्वारा छात्रवृत्ति प्रदान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आइसिएफसी फाइनान्सद्वारा छात्रवृत्ति प्रदान


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । आइसिएफसी फाइनान्स लिमिटेडले टोखा नगरपालिका-७ धापासीस्थित तिलिङटार माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रको सहकार्यमा फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङमा अध्ययनरत कालिकोटको शुभकालिका गाउँपालिका-३ का १८ वर्षीय प्रेमबहादुर शाहीलाई छात्रवृत्ति प्रदान गरेको हो।

एक कार्यक्रममार्फत कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले छात्रवृत्तिबापतको ५० हजार रुपैयाँ प्रदान गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस