एक इन्च भूमि पनि मिचिन दिँदैनौँ, मिचिएको भए फिर्ता ल्याउँछौँ : ओली  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

एक इन्च भूमि पनि मिचिन दिँदैनौँ, मिचिएको भए फिर्ता ल्याउँछौँ : ओली 


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूमि एक इन्च पनि मिचिन नदिने प्रतिबद्धता जनाएका छन् । दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै उनले नेपालको भूमि मिचिएको भए फिर्ता ल्याउने बताए । 

“राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च पनि मिचिन दिनेवाला छैन,” ओलीले भने, “मिचिएको भए फिर्ता ल्याउँछौँ भनेर हामीले नक्सा जारी गरेका छौँ । संसदले सर्वसम्मतले पास गरेको छ । त्यो कुरा आज फेरि तपाईंहरुसँग ग्यारेन्टी गर्न चाहन्छु ।”

ओली प्रधानमन्त्री बनेका बेला लिपुलेक, कालापानी लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी भएको थियो । 

उनले दार्चुलामा प्रतिनिधिसभाका उम्मेदवार गणेश ठगुन्नासहित प्रदेशसभाका उम्मेदवारलाई निर्वाचित गर्न आह्वान पनि गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस