जगन्नाथको कारणले गोरखा पुगे प्रचण्ड, गठबन्धन नै तर्सियो : आनन्द राउत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जगन्नाथको कारणले गोरखा पुगे प्रचण्ड, गठबन्धन नै तर्सियो : आनन्द राउत


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । स्थानियतहको निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर देशको प्रमुख राजनीतिलाई नै गरमागरम बनाएका ‘भूइँकटहर’ समूहले फेरी पनि चितवन क्षेत्र नं.३ बाट उम्मेदवारी दिएसँगै यस क्षेत्रमा चुनावी रौनक सुरु भएको छ।

प्रचारप्रसार र घरदैलो अभियानलाई व्यापक बनाउन सुरु गरेका उनै ‘भूइँकटहर’ भनेर चर्चा पाएका जगन्नाथ पौडेलले गीतानगरमा पत्रकार सम्मेलन गर्दै आफू उम्मेदवार रहेर चितवन ३ मा विकासको लहर ल्याउने सङ्कल्पका साथ चुनावमा होमिएको जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल तरुण चितवनको पूर्व सचिव दलमा आनन्द राउतले प्रचण्ड गोरखा पुग्नुमा जगन्नाथको मुख्य भूमिका रहेका बताए । स्थानीय तहमा ‘भूइँकटहर’ समूहले स्वतन्त्रबाट उम्मेदवारी दिए पछि पाँच दलीय गठबन्धनलाई समेत हतोत्साहित गराएको र यसपटक पनि उम्मेदवारी दिने चर्चा सुन्नासाथ प्रचण्ड गोरखा पुगेको उनको दाबी छ । ‘भूइँकटहर’ समूहले पाएको मत देखेर माओवादी र काँग्रेस गठबन्धन नै तर्सिएको उनको दाबी छ ।

यस क्षेत्रबाट २० जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्। यसपाली पनि गठबन्धनका विरुद्ध जगन्नाथ पौडेलको लडाई रहने निश्चित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस