काठमाडौँ १ मा प्रकाशमानले थाले घरदैलो अभियान « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँ १ मा प्रकाशमानले थाले घरदैलो अभियान


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गरेका छन् । उनले आज बिहान पुरानोबानेश्वरबाट घरदैलो अभियान सुरु गरेका हुन् ।

अभियान सुरु गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, संघीय शासन व्यवस्थालाई मजबुत बनाउन, संविधानको रक्षा गर्न वाम-लोकतान्त्रिक गठबन्धन गर्नु परेको बताए ।

अहिलेको गठबन्धनले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान अनुसारको व्यवस्थालाई थप मजबुत बनाउँदै देशमा राजनीतिक स्थिरता ल्याउने दाबी उनले गरे ।

प्रकाशमानले काठमाडौँ १ बाट लगातार तीन वटा चुनाव जितेका छन् । यसपटक उनीसँग नेकपा एमालेका किरण पौडेल, राप्रपाबाट रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीबाट रमेश खरेल लगायत प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस