जर्मनीका फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जर्मनीका फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । जर्मनीका फरवार्ड टिमो वेर्नरले कतारमा यही महिना कतारमा सुरु हुने पिफा विश्वकप फुटबल गुमाउने भएका छन् । एंकलको चोटका कारण वेर्नरले कतार विश्वकप गुमाउने भएका हुन् ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार आरबी लाइपजिगले साख्तर डोनेस्कलाई ४(० ले पराजित गर्दा वेर्नर घाइते भएका थिए । २६ वर्षीय वेर्नर १९ मिनेटपछि नै मैदानबाट बाहिरिएका थिए ।

वेर्नरको क्लब लाइपजिगले बिहीबार उनको चोट पुष्टि गर्दै २०२२ भरीका लागि खेल बाहिर हुने जनाएको छ ।

वेर्नरले जर्मनीका लागि ५५ खेल खेल्दै २४ गोल गरिसकेका छन् । प्रिमियर लिग क्लब चेल्सीका लागि समेत खेलेका उनी यसै वर्ष फेरि लाइपजिगमै फर्केका थिए ।

वेर्नर सन् २०१८ को विश्वकप र युरोकप २०२० मा जर्मनीको टिममा थिए ।

यही नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपमा जर्मनीले जापानसँग पहिलो खेल नोभेम्बर २३ मा खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस