पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ।   

पीटीआईका नेता ड यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् ।  बीबीसी उर्दूका अनुसार हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन् । 

अधिकारीहरूका अनुसार तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । गोली उनले नै चलाएको हो या कसले भन्नेबारे पुष्टि नभएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस