एनआईसी एसिया बैङ्कको सीईओमा न्यौपाने नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एनआईसी एसिया बैङ्कको सीईओमा न्यौपाने नियुक्त


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । एनआईसी एसिया बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दोस्रो कार्यकालका लागि रोशन कुमार न्यौपाने नियुक्त भएका छन् ।

बैङ्कको आज सम्पन्न सञ्चालक समितिको बैठकले यसअघिका सिइओ न्यौपानेलाई नै दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

न्यौपानेलाई बैङ्कको सञ्चालक समितिले आगामी मंसिर १५ गतेदेखि लागु हुने गरी ४ वर्षे कार्यकालका लागि पुनः नियुक्त गरेको हो ।

न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैङ्क अफ एसिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैङ्कको सेवामा जोडिएका थिए ।

उनी प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनी २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि सीईओमा नियुक्त भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस