काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपमा बुधबार भारत र बंगलादेशबीचको खेल चलिरहँदा वर्षा भएपछि चार ओभर घटाइएको छ ।
भारतले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा बङ्गलादेशले सात ओभरमा ६६ रन बनाउँदा पानी परेपछि खेल करिब आधा घण्टा अवरुद्ध बनेको थियो । तर, वर्षा रोकिएपछि खेललाई १६ ओभरमा झारिएको हो ।
अब बङ्गलादेशले १६ ओभरमा १५१ रनको नयाँ लक्ष्य पाएको छ । अहिले बङ्गलादेश ११.५ ओभरको खेल समाप्त हुँदा ४ विकेट गुमाएर १०० रन बनाएर खेलिरहेको छ ।
यसअघि अस्ट्रेलियाको एड्लेइड ओभलमा टस हारेपछि ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।







