नेपालले पाकिस्तानसँग २ खेल नखेल्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालले पाकिस्तानसँग २ खेल नखेल्ने


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग एक खेल खेल्ने भएको छ ।

पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) समक्ष प्रस्ताव गरेको थियो । एन्फाले भने यही कात्तिक ३० गते एक खेलका लागि पुनः पाकिस्तान फुटबल सङ्घलाई प्रस्ताव पठाएको प्रवक्ता सुरेश शाहले बताए ।

‘पाकिस्तानले नेपाललाई दुई खेलका लागि प्रस्ताव गरेको भए पनि चुनावका कारण हामीले कात्तिक ३० गते एक खेल मात्र खेल्ने पुनः प्रस्ताव गरेका छौँ । अब भोलि वा पर्सिमा उताको निर्णय आउनेछ,’ प्रवक्ता शाहले भने ।

उनले प्रशिक्षकका बारेमा पनि हालसम्म कुनै निर्णय नभएको बताए । ‘नेपालभित्रकै केही प्रशिक्षकहरूसँग कुरा चलिरहे पनि यसबारे कुनै निर्णय भएको छैन । यसबारे पनि भोलि वा पर्सिमा निर्णय हुनेछ ।’

गएको जुन १ मा फिफाको प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तान तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । पाकिस्तानले सन् २०१९ मा कम्बोडियासँग अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

पाकिस्तानको टिमले आठ वर्षपछि नेपाल भ्रमण गर्न लागेको हो । पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानको टिमले नेपाल भ्रमण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस