२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

अ+ अ-

पोखरा । पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. तीर्थराज अर्याल र सदस्य प्रा. डा. उमानाथ बराललाई स्वागत गरिएको छ।

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीले नवनियुक्त सेवा आयोगका अध्यक्ष र सदस्यलाई खादा ओढाइ स्वागत तथा बधाई दिएका छन्।

कार्यक्रममा उपकुलपति प्रा.डा. अर्यालले शिक्षक तथा कर्मचारीको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उँचो राख्न सेवा आयोग सक्षम हुने विश्वास व्यक्त गरे। रजिष्ट्रार भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरुदण्ड भएको बताउँदै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनोटमा आयोगको योगदान महत्त्वपूर्ण रहने बताए।

सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्यालले प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा लिँदै विश्वविद्यालयको नियम, कार्यविधिअनुसार आयोगका काम कारबाही अगाडि बढाउने उल्लेख गरे।

सदस्य प्रा.डा. उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताए। कार्यक्रममा सहप्रशासक तारादेवी सापकोटा लगायतले बोलेका थिए।

विश्वविद्यालयको सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम उनीहरू उक्त पदमा चार वर्षका लागि नियुक्ति भएका हुन्। प्रा.अर्याल अङ्ग्रेजी र प्रा.डा. बराल राजनीतिक शास्त्रका प्राध्यापक हुन्।