नेपालले युएईसँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने, यस्तो छ खेल तालिका ! « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेपालले युएईसँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने, यस्तो छ खेल तालिका !


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले कार्तिक अन्तिम सातादेखि युनाइटेड अरब इमिरेट्स (युएई) सँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार नेपालले त्रिवि क्रिकेट मैदानमा युएईसँग एकदिवसीय शृङ्खला खेल्ने जनाएको हो । 

शृङ्खला कार्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म चल्नेछ । कार्तिक २८ गते शृङ्खलाको पहिलो खेल हुनेछ । कार्तिक ३० गते दोस्रो र मङ्सिर २ गते तेस्रो खेल हुनेछ । 

तीनै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेदेखि सुरु हुनेछ ।

युएई अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपको पहिलो चरणबाट बाहिरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस