मेयर राजेशमान सिंहलाई ५१ किलोको माला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मेयर राजेशमान सिंहलाई ५१ किलोको माला


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ५१ किलोको माला लगाइएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वामा कुस्ती प्रतियोगिताको आयोजकले मेयर सिंहलाई ५१ किलोको माला लगाइदिएका हुन् ।

ईनर्वामा उनले सोमबार नेपाल-भारत अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले परम्परागत कुस्ती खेललाई व्यावसायिक रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

कुस्ती खेललाई व्यवसायीकरण गर्न महानगरले वीरगञ्जमा तालिम सेन्टर स्थापना गर्ने घोषणा उनले गरे । प्रतियोगितामा नेपाल र भारतका ख्याति प्राप्त कुस्तीबाजहरु सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस