कञ्चनपुर-३ (१) मा भट्टको उम्मेदवारी निष्क्रिय, जोशीलाई समर्थन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कञ्चनपुर-३ (१) मा भट्टको उम्मेदवारी निष्क्रिय, जोशीलाई समर्थन


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । कञ्चनपुर ३ को प्रदेश १ का स्वतन्त्र उम्मेदवार महादेव भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेका छन् ।

एमाले-राप्रपाका गठबन्धनका साझा उम्मेदवार जोशीलाई समर्थन जनाएर भट्टले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन् ।

‘बोलेरो जिप’ चुनाव चिन्ह पाएका भट्टले प्रदेशको विकास र समृद्धिका लागि जोशीले उम्मेदवारी अपरिहार्य देखिएको भन्दै आफ्नो उम्मेदवारी आजै मितिबाट निष्क्रिय पारेको बताए ।

भट्टले जोशीको चुनाव चिन्ह हलोलाई समर्थन गर्ने निर्णय गरेको मतदातालाई जानकारी गराएका छन् । आजबाट आफू जोशीको चुनावी अभियानमा सरिक हुने भट्ट र जोशीको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस