कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, २ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, २ जना घाइते


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।

कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन् ।

आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस