राप्रपाको घोषणापत्र : नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राप्रपाको घोषणापत्र : नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्ने


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । आज राप्रपाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अगाडि सारेको छ ।

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले आज सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रूपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख गरेको छ ।

पूर्ण समानुपातिक संसद हुनुपर्ने राप्रपाको प्रस्ताव छ । प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरूप हुनुपर्ने पनि उसले बताएको छ ।

एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने, उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस