भारतको गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

भारतको गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु


१४ कार्तिक २०७९, सोमबार


काठमाडौं । भारतको गुजरातमा एउटा पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पुल भत्किँदा त्यहाँ ४ सय बढी मानिस रहेको अनुमान गरिएको छ ।

मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुँडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरू उक्त पुलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुल एक्कासी चुँडिएपछि सेना, जल सेना, एयर फोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिलेसम्म २ सय बढीको उद्धार गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस