खगेन्द्र संग्रौला काँग्रेस हुँदै होइनन् : गगन थापा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खगेन्द्र संग्रौला काँग्रेस हुँदै होइनन् : गगन थापा


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बाघी लोकार्पण समारोहमा बोल्दै उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै सङ्गतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन् ।

उनले साहित्यकार संग्रौला आफू सरहका काँग्रेसी नेताहरूको पनि गुरु भएकाले उनको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीहरूले सिक्नुपर्ने कुराहरू धेरै रहेको बताए । महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्नेकुरा सिकाएको बताए ।

उनले साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बाघी कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरू समेटेको पाएको बताए ।

‘खगेन्द्र संग्रौला काँग्रेस त हुँदै होइन, त्यसमाथि कालो काँग्रेस हुने कुरै भएन । तर मेरो उमेर समूहका थुप्रै कालो काँग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनुभयो । उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ । व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ तर सङ्गतको प्रभाव पनि हुन्छ, ‘उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस