भुवन केसीको दाबीबारे पूर्व पत्नी सुस्मिताले गरिन यस्तो टिप्पणी ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भुवन केसीको दाबीबारे पूर्व पत्नी सुस्मिताले गरिन यस्तो टिप्पणी !


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । तिहार छेकोमा अभिनेता भुवन केसी प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा थिए । त्यहाँका नेपाली मिडियाकर्मीसँग अन्तर्वार्ता पनि दिन उनले भ्याए ।

आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे पनि भुवनले उक्त अन्तर्वार्तामा बोलेका थिए । भुवनको उक्त कुराकानीले यतिबेला निकै चर्चा बटुलिरहेको छ ।

उक्त कुराकानीमा भुवनले पूर्वपत्नी सुस्मिताकै कारण आफूसँग डिभोर्स भएकोदेखि सुस्मिताले पुनः विवाह गरेको कुरा उल्लेख गरेका थिए । त्यसयता आफूहरुबीच कुराकानी नभएको समेत उनले बताएका थिए ।

तर भुवनको उक्त अन्तर्वार्तामा आफूलाई समेत जोडेपछि सुस्मिताको प्रतिक्रिया सतहमा आएको छ । सुस्मिताले भुवनको ती अभिव्यक्तिबारे प्रतिक्रिया पठाएकी छन् ।

‘म अहिले पनि सिङ्गल छु र भारतमा परिवारसँग बसिरहेकी छु । मविरुद्धका आरोपहरू पूर्णतः आधारहीन छन् । हामीले सन् २००२ मा खुसीपूर्वक सम्बन्धविच्छेद गरेका थियौँ । अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिँदै हिँडिरहनुभएको छ ?’

समाजका अगाडि आफ्नो चरित्रलाई बदनाम गराउँदै भुवन हिँडेको समेत सुस्मिताले उल्लेख गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस