एन्जिलाले भारतमा लिग खेल्ने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एन्जिलाले भारतमा लिग खेल्ने


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले भारतीय महिला लिग खेल्ने भएकी छन् ।

भारतीय फुटबल महासंघ (एआईएफएफ) को आयोजनामा हुँदै आएको हिरो इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न एन्जिलाले सेथु एफसीसँग अनुबन्धित भएकी हुन् ।

कप्तान एन्जिलाले सेथुसँग एक वर्षको सम्झौता भएको बताइन् । ‘यसअघि देखि नै कुरा भइरहेको थियो । यस पटक चाँही सम्झौता भयो । खुशी छु,’ पहिलो पटक भारतको लिग खेल्न अनुबन्ध भएपछि एन्जिलाले सुनाइन् । एन्जिलाले विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्दै आएकी छन् ।

उनी इन्डियन वुमन्स लिगका लागि अनुबन्ध हुने तेस्रो नेपाली महिला खेलाडी हुन् । यसअघि नै सावित्रा भण्डारी र अनिता बस्नेतले भारतमा लिग खेल्दै उपाधि नै जितिसकेका छन् ।

सावित्रा र अनिताले सन् २०१९ मा सेथुबाट खेल्दै उपाधि जितेका थिए । यस्तै सावित्राले २०२० मा गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् । त्यसपछि भने चोटका कारण सावित्राले गत संस्करण गुमाइन् । सावित्रा पुनस् गोकुलम केरलासँग अनुबन्ध भइसकेकी छन् ।

सेथुले एन्जिलाको लागि आउने जाने हवाई खर्च र बस्ने खाने सबै खर्च उपलब्ध गराउनेछ । सम्झौता रकम भने खुलाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस