खुकुरी प्रहार गरी हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खुकुरी प्रहार गरी हत्या


१२ कार्तिक २०७९, शनिबार


चितवन । चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ।

शनिबार बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए।

उनको हत्या गरेको आशंकामा प्रहरीले गैंगाकोट नगरपालिका(७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ।

आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी पण्डितले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस