काठमाडौँमा उम्मेदवार मेला हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा उम्मेदवार मेला हुने


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागितामा उम्मेदवार मेला आयोजना हुने भएको छ । भूगोलपार्क प्रालि आयोजक रहेको सो मेला १६ कात्तिकमा राजधानीको भृकुटीमण्डपमा हुनेछ ।

यो मेलामा उम्मेदवारहरूले राष्ट्रिय र स्थानीय मामिलामा मतदातासँग आ-आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउने आयोजकले जनाएको छ । अन्यत्र यस्तो प्रचलन भएपनि नेपालका लागि यो नयाँ अभ्यास हुने आयोजकको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस