सर्लाही-२ मा दुई हेभिवेट यादव र महतोबीच मित्रवत् प्रतिस्पर्धा, काँग्रेस निर्णायक  « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सर्लाही-२ मा दुई हेभिवेट यादव र महतोबीच मित्रवत् प्रतिस्पर्धा, काँग्रेस निर्णायक 


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सर्लाही २ मा सत्ता गठबन्धनका दुई हेभिवेट उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । 

सत्ता गठबन्धनले आइतबार सार्वजनिक गरेको तालमेल तथा मित्रवत् प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रको सूचीअनुसार सर्लाही २ मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको हो । 

दुई हेभिवेट उम्मेदवारबीच हुन लागेको निर्वाचन रोचक बन्ने भएको छ भने यसमा काँग्रेस निर्णायक बन्ने देखिएको छ । सो निर्वाचन क्षेत्रमा काँग्रेसले उम्मेदवार उठाएको छैन । सत्ता गठबन्धन र लोसपाबीच मधेसका ९ निर्वाचन क्षेत्रमा तालमेल भएपछि सर्लाही-२ मा भने तालमेल भएको थिएन । यसअघि गठबन्धनले यादवलाई सघाउने भनेर विज्ञप्ति जारी गरेको थियो भने त्यसमा लोसपाले आपत्ति जनाएको थियो । अहिले गठबन्धनले आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गर्दा भने मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । 

यादव २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट तत्कालीन राजपा नेपालका उम्मेदवार बनेर निर्वाचित भएका थिए । महतो भने  २०७४ को निर्वाचनमा धनुषा-३ बाट विजयी भएका थिए । तर यस पटक उनी सर्लाही-२ बाट उम्मेदवार बनेका हुन् । धनुषा–३ मा भने गठबन्धनबाट लोसपाकै नेता अनिल झा उम्मेदवार बनेका छन् ।​

Tags :
प्रतिक्रिया दिनुहोस