रोनाल्डोको गोलमा युनाइटेडको सहज जित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रोनाल्डोको गोलमा युनाइटेडको सहज जित


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा सहज जित हात पार्न सफल भएको छ ।

बिहीबार राति युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । खेलको ४४ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

राष्फोर्डले ६५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले गोल गर्दा युनाईटेड ३-० ले विजयी भयो ।

युनाईटेडको टोलीमा पुनरागमन गरेका रोनाल्डोको यो करियरको ७ सय १ औं गोल हो ।

Tags :
प्रतिक्रिया दिनुहोस