गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन


११ कार्तिक २०७९, शुक्रबार


गोरखा । गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस