जेलमै बुझे रेशमले २०५३ सालको गीतको रोयल्टी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जेलमै बुझे रेशमले २०५३ सालको गीतको रोयल्टी


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । कैलालीको टिकापुरमा भएको प्रहरी र सर्वसाधारण नागरिकको हत्यामा संलग्न रहेको आरोपमा डिल्ली बजार कारागारमा रहेका रेशम चौधरीले २६ वर्षपछि गीतको रोयल्टी बुझेका छन् ।

उनले २०५३ सालमा निकालेको गीति एल्बम ‘हाल खबर’को रोयल्टी १७ हजार २१५ रुपैयाँ मुन लाइट्स रेकर्डसका सञ्चालक चन्द्रप्रकाश शर्माले उपलब्ध गराएका हुन् ।

रेशमकी श्रीमती रञ्जिता नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी छिन् । रेशमले बर्दिया-२ बाट दिएको उम्मेदवारी भने निर्वाचन आयोगले रद्द गरिदिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस