आयाक्समाथि लिभरपुलको सहज जीत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आयाक्समाथि लिभरपुलको सहज जीत


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । इंग्लिस क्लब लिभरपुलले आयाक्समाथि ३–० को सहज जीत निकालेको छ । च्याम्पियन्स लिगको समूह ए अन्तरको बुधबार राति जीत हासिल गर्दै लिभरपुलले प्रतियोगिताको नकआउट चरणमा स्थानमा सुनिश्चित गरेको हो ।

खेलको पहिलो हाफको अन्त्यतिर मोहम्मद शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै डार्विन नुनेजले टोलीको अग्रता दोब्बर बनाए । हार्भे एलियटले तेस्रो गोल थप्दै लिभरपुलको जीत सुनिश्चित गरे ।

समूहकै अर्को खेलमा नापोलीले रेन्जर्सलाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । समूहमा नापोली १५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने लिभरपुल १२ अङ्कसहित दोस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस