बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बाहिरियो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बाहिरियो


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । आफ्नो घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा बार्सा ३-० गोलले पराजित भएको हो ।

पहिलो हाफमा साडियो माने र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाले पहिलो हाफको अन्त्यतिर पेनाल्टी पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले सो निर्णयलाई उल्टाएको थियो ।

दोस्रो हाफमा सर्जी ग्नाब्रीको गोल पनि अफसाइड भन्दै रद्द गरिएको थियो । तर ग्नाब्रीकै पासमा इन्जुरी समयमा बेन्जामिन पाभार्डले गोल गर्दै बायर्नलाई सहज जीत दिलाए । खेलमा ग्नाब्रीले तीनवटै गोलको अवसर सिर्जना गरेका थिए ।

उता, इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई ४–० गोलले हराउँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । इन्टरको जीतमा एडिन जेको दुई तथा हेनरिक मिखितारियन र रोमेलु लुकाकुले एक–एक गोल गरे ।

समूह सीमा बायर्न १५ अङ्कसहित शीर्ष स्थानमा रह्यो भने इन्टर १० अङ्क सहित दोस्रो स्थानमा रहन सफल भयो । बार्सिलोनाले ४ अङ्क बटुल्दा भिक्टोरियाले कुनै पनि अङ्क बटुल्न सकेन । बार्साले अब युरोपा लिग खेल्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस