दैलेखमा पिङबाट लडेर युवकको मृत्यु, पिङ खेल्दा सावधानी अपनाउन आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दैलेखमा पिङबाट लडेर युवकको मृत्यु, पिङ खेल्दा सावधानी अपनाउन आग्रह


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । दैलेखमा लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ ।

नारायण नगरपालिका-६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका-६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो ।

पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए ।

स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ । पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस