म्यादी प्रहरीको पोसाकमा टिकटक बनाए कारबाही गरिने  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्यादी प्रहरीको पोसाकमा टिकटक बनाए कारबाही गरिने 


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । म्यादी प्रहरीले पोसाकमा टिकटक बनाउने तथा सामाजिक सञ्जालमा भिडियो राख्न नपाउने भएका छन् । 

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि अर्घाखाँचीमा खटिने म्यादी प्रहरीले पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राखे कारबाही गरिने प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएको खण्डमा पनि कारबाही गरिने उनले बताए । 

तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीमा एक हजार एक जना म्यादी प्रहरी चुनावका लागि सुरक्षामा खटिने छन् । 

सदरमुकाम सन्धिखर्कमा १० दिनसम्मको तालिम लिएपछि चुनाव लक्षित खटिन लागेका म्यादी प्रहरीलाई कुनै राजनीतिक दलप्रति आस्था नराखी सुरक्षामा खट्न प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आग्रह गरे । यदि कुनै आस्था, प्रलोभनमा परेर सुरक्षा प्रदान गरेमा कानुनी नियमअनुसार कारबाही उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस